Connect with us
Kapilvast Forest

पाल्पामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०७८, २४ आश्विन आईतवारमा प्रकाशित

accident

 

पाल्पा-बगनासकाली गाउँपालिका –२ पोखराथोक नजिकै ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँका ५९ वर्षीय श्यामबहादुर रोका रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

स्याङ्जाबाट बुटवल तर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले आज बिहान साढे सात बजे ठक्कर दिएको थियो। घाइते उनलाई उपचारको लागि मिसन अस्पताल तानसेन ल्याउदै गर्दा बाटोमै मृत्यु भएको पचभैयाले बताउनु भयो ।

मृतक रोका पैदल हिडिरहेका थिए। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu