Connect with us
Kapilvast Forest

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हाे : प्रधानमन्त्री देउवा

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

 

पोखरा- प्रधानमन्त्री शेरबहादुुर देउवाले शिक्षालाई हरेक नेपालीले नैसर्गिक अधिकाका रुपमा लिएको बताउँदै शिक्षालाई मौलिक हकका रुपमा राज्यले अंगिकार गरेको बताउनुुभएको छ ।

उहाँले आज पोखरामा गण्डकी प्रदेलाई पूुर्ण साक्षर प्रदेश घोषणा गर्दै प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको र यसको बिकल्प दिन नसकिने बताउनुुभयो ।
शिक्षालाई अनिबार्य निशुुल्क र मौलिक हकका रुपमा अगाडि बढाईएको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले सिङ्गो मुुलुुक साक्षरता अभियानमा जोडिएको बताउँनुभयो । उहाँले सरकारले सबै नेपालीलाई पूर्ण साक्षर बनाउँदै अघि बढेको बताउनुुभयो । गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषणा गदै प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस प्रजातन्त्रको लागि लड्दै आएको हुदाँ प्रजातन्त्रको खिलाफमा लड्नुको कुनै औचित्य नहुने वताउनुभएको हो ।

उहाँले भन्नुभयो—आफूहरु प्रजातन्त्रका लागि लडेको पार्टी भएको र संसदमा पनि प्रजातन्त्रकै लागि योगदान गरेका पार्टी भएकाले प्रजातन्त्रको विकल्पमा अन्य ब्यवस्था हुन सक्दैन ।

उहाँले नयाँ सरकार गठन र त्यसपछिका घटनालाई लिएर विपक्षीले गरेको आलोचना प्रति टिप्पणी गर्नुभयो उहाँले भन्नुभयो— कुन कस्तो पार्टी हो जनताले निर्वाचनमा देखाउँछन, कसैले सपना नदेखे हुन्छ ।

प्रधानमन्त्री देउवाले संघीयता पूर्णरुपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको कुरामा जोड दिदै संघीयता कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको समेत वताउनुभयो ।प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सरकार सफल रहेको दावी समेत गर्नुभयो । नेपालमा संक्रमण नियन्त्रणमा आए आएपछि अमेरिका र बेलायतले समेत भिषा खुल्ला गरेको वताउनुभयो ।

उहाँले कोरोना नियन्त्रणमा नेपाल सरकारको भूमिकालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्रहना गरेकोे वताउनुभयो । उहाँले कोरोना नियन्त्रणको लागि साक्षरताले अभियानले समेत प्रभावकारी भुमिका खेलेको वताउनुभयो ।

प्रधानमन्त्री देउवाले नेपालको संविधानले शिक्षालाई अनिवार्य हुनुपर्ने भन्दै मौलिक अधिकारको रुपमा लिएको समेत वताउनुभयो । प्रधानमन्त्री देउवा भन्नुभयो, समृद्धिको आधार नै साक्षरता हो, जनतालाई साक्षरता बनाउन सरकारको दायित्व भएकाले शिक्षाप्रति सरकार गम्भीर रहेको वताउनुभयो ।
उहाँले छिटो छरितो बिकासका लागि काम अगाडि बढाउनुुपर्ने बताउँदै अब बिकासँग कसैसँग अनाबश्यक सम्झौता नगरी एक ढिक्का साथ बिकासलाई अगाडि बढाउने बताउनुुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले साक्षर प्रदेश घोषणाले मात्रै नहुने हुदाँ शिक्षित नागरीक हुनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, गण्डकी प्रदेशका प्रमुख सचिब डा दामोदर रेग्मी, गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगाएतले शिक्षालाई आगामी दिनमा प्राविधिक तथा रोजगारमुलक बनाउने बताउनु भएको थियो ।
सोही अवसरमा साक्षर गण्डकी प्रदेश बताउन योगदान दिएको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरीएको छ ।गण्डकी प्रदेशका ८५ पालिका र ११ वटै जिल्लाका लक्षित उमेर समूहको जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरा भई विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औसत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।
१५ वर्षमुनिका ९७.३ प्रतिशत बालबालिकाले भर्ना भएर अहिले विद्यालयमा पढिरहेकाले भदौ ३० गते गण्डकी प्रदेश सरकारको निर्णयअनुसार आइतबार साक्षर घोषणा गरिएको शिक्षा मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनु भयो । प्रदेशमा साक्षरता दर अहिले ९६.५७ पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu