Connect with us
Kapilvast Forest

मोरङमा लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

२०७८, २५ आश्विन सोमबारमा प्रकाशित

pakrauu

विराटनगर- मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ ।सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो ।

पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu