Connect with us
Kapilvast Forest

चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

२०७८, २६ आश्विन मंगलवारमा प्रकाशित

तनहुँ-चितुवाको आक्रमणबाट तनहुँको बन्दीपुर गाउँपालिका निवासी ९ वर्षीया बालिकाको आज साँझ मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–५ बाहुनभञ्ज्याङ निवासी स्वीकृति थापा मगर रहनभएको भएको छ । छिमेकमा मासु लिन जाने क्रममा बालिकालाई चितुवाले आक्रमण गरेको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनु भयो । बालिकाको शव घरभन्दा तल जङ्गलमा फेला परेको छ ।

 

लामो समयसम्म चितुवाको आक्रमण रोकिएको तनहुँमा फेरि चितुवाको आक्रमण भएपछि स्थानीयवासी त्रसित भएका छन् । तनहुँमा पछिल्लो समय बालबालिका चितुवाको निसानामा पर्ने गरेका छन् । विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट ११ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वन कुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवाले बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu