Connect with us
Kapilvast Forest

संसद् अवराेधले अध्यादेश निष्क्रिय : मन्त्री रेग्मी

२०७८, २७ आश्विन बुधबारमा प्रकाशित

चितवन – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको छ ।

आज मङ्गलवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको हो ।

महिलालाई न्याय दिनका लागि सरकारले यो अध्यादेशलाई पुनः सक्रिय बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, अध्यादेश खारेज गरिएको होइन । निष्क्रिय भएको छ । संसद्को अवरोध हटेपछि यसलाई सक्रिय बनाउँछाैँ । हिंसामा परेका महिलालाई न्याय दिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ थियो ।

महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्नका लागि आफूले यस मन्त्रालय रोजेको बताउँदै उहाँले भन्नुभयो, अहिलेको कानुनलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै नयाँ कानुन बनाएर महिला, बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्छाैँ ।

मन्त्री रेग्मीले ज्येष्ठ नागरिक, अपाङ्गता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान असहज भएको भन्दै घरघरै सामाजिक सुरक्षा भत्ता पुर्‍याउने गरी सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, हुनेखानेलाई त सहज होला निमुखाहरूलाई कठिन भएको छ । सरकारले अब बालबालिकाको खोपलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर बालबालिकाका लागि खोपको व्यवस्था हुँदैछ । विद्यालय सञ्चालनका लागि शिक्षा मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो ।

आफूले सम्हालेको मन्त्रालयमा केही पहलकदमी काम गर्नुपर्ने देखिएको बताउँदै उहाँले नीति निर्माण तहसम्म महिलालाई ल्याउनका लागि आफू र सरकार लाग्ने बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको गठबन्धनमा कुनै समस्या नरहेको जिकिर गर्नुभयो । गठबन्धनलाई मिलाउनका लागि सरकारले पूर्णता पाउन कठिन भएको भन्दै उहाँले अब रोकिएका कामहरू सहज अगाडि बढ्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu