Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीमा ३३५ सदस्यीय केन्द्रीय कमिटी

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

 

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन अपानीमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको छ ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत लिइएको छ । साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ ।

मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् । न्यौपानेलाई उद्योग विणज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।

Unified Socialist Apani-2-1

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu