Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा अरिंगालले टोकेर ७जना घाइते, ३ को अवस्था गम्भीर

२०७८, १ कार्तिक सोमबारमा प्रकाशित

 

 

अर्घाखाँची — अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा अरिङ्गालको टोकाइ बाट ९ जनाघाइते भएको छन ।खेतमा धान काट्दै गर्दा अरिंगालले टोकेर ७जना घाइते भएका हुन । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ ।

सितगंगा नगरपालिका–२ वाणगंगा खोला नजिकै खेतमा धान काट्दै गर्दा आइतबार दिउँसो कालो अरिंगालले टोकेर सीतापुर झिर्रा गाउँका २१ वर्षीय किरण क्षेत्री, २४ वर्षीया सञ्जु क्षेत्री र १६ वर्षीया करिना क्षेत्री गम्भरी घाइते भएका छन् ।

 

उनीहहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताउनु भयो । सोही गाउँका अरु चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

धान कटिरहेको बेला खेतको आलीमा लुकेर बसेको अरिंगालले उनीहरुलाई टोकेको थियो। घटनापछि आलीमा हेर्दा अरिंगालको गोलो देखिएको स्थानीयहरुले बताएका छन् । धान काट्दै गर्दा गोलो हल्लिएपछि अरिंगालले कृषकलाई आक्रमण गरेको हुनसक्ने बेल्वासेले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu