Connect with us
Kapilvast Forest

सैनामैनामा किशोरी अधिकार मञ्च गठन

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

अम्बिका परियार ,सैनामैना — किशोरी अधिकार मञ्च रुपन्देहि द्वारा सैनामैना नगरपालिकामा किशोरी अधिकार मञ्च सैनामैना शाखा बिस्तार गरेको छ ।सैनामैना नगरपालीका वडा न.१ को एकता टोल बिकास समितीको भवनमा अमृता दमाईको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरेको छ ।

किशोरी अधिकार मञ्च रुपन्देहिकी कोषाध्यक्ष सालीनी मिश्रको अध्यक्षता तथा सैनामैना नगरपालिका वडा न १ का अध्यक्ष केहर सिंह गलामीको प्रमुख आतिथ्यता कार्यसमिती चयन गरिएको हो ।

जसको उपाध्यक्षमा किरण बिक ,सचिब एलिशा बिक ,सह सचिब ईशा परियार ,कोषाध्यक्ष प्रिति सुनार ,सह कोषाध्यक्ष यान्सी नेपाली लगाएत रहेका छन् भने अम्बिका परियारको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ ।

जसको सदस्यहरुमा अनिल पहाडि,समिर बिक र मनिषा बिक रहनु भएको छ । कार्यक्रमको आयोजना किन गरिएको हो, संस्था विस्तारको आवश्यकता किन छ ,अहिले सम्म किशोरी अधिकार मञ्चले के कस्ता काम गर्याे र आगामी योजनाका के कस्ता रहेका छन्

भन्ने बिषयमा किशोरी अधिकार मञ्च रुपन्देहिकी कोषाध्यक्ष सालीनी मिश्र प्रस्टयाउनु भएको उक्त कार्यक्रममा प्रमुख अतिथी सैनामैना नगरपालिका वडा न १ का अध्यक्ष केहर सिंह गलामीले समाज परिवर्तनका लागि किशोरीहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो ।

सामाजिक कुरिती ,कुसंस्कार एवंम जनचेतनाको कमिका कारण अझ पनि विभिन्न रुढिवादी परम्परागत प्रथा जस्तै लैंगिक विभेद,बालविबाह, छुवाछुत जस्ता बिभिन्न घटनाहरुले गर्दा समाज परिवर्तनमा बाधा पुरर्याएको हुदां किशोरीहरुको शसक्तिकरण होस् या जुनसुकै सकरात्मक परिवर्तनका लागि नवगठित किशोरी अधिकार मञ्चले काम गर्न सकोस भन्ने शुभकामना दिनुका साथै किशोरीहरुको स्वास्थ्य एवंम विभिन्न समस्याका कारण पढाई पुरा गर्न नसकि बिचैमा छोडेका किशोरीहरुलाई नगरपालीका र वडाले सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा महिला पुर्नस्थापना केन्द्र रुपन्देहिकी प्रतिनिधि रन्जना चौधरी, सैनामैना दलित उत्थान समितीका प्रस सल्लाहाकार अनिल पहाडी , सैनामैना दलित उत्थान समितीका नगर सदस्य मनिषा बिक , सैनामैना दलित उत्थान समिती वडा न.१ का उपाध्यक्ष समिर बिक ,सदस्य राम ब.बिक लगाएतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सैनामैना दलित उत्थान समितीका नगर उपाध्यक्ष अम्बिका परियारले गर्नुभएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu