Connect with us
Kapilvast Forest

विजयनगरमा आज ६० प्रतिशत बढिलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-कपिलवस्तुको विजय नगर गाँउपालिकमा आज ६० प्रतिशत बढि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ ।राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत गाउँपालिकाले पालिका भित्रका ६ महिना देखि ५ वर्ष उमेर समुहका ५ हजार १ सय २०बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने लक्ष्य राखेका विजय नगर गाँउपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

आज विजय नगर भित्रका ६७ केद्रबाट ३ हजार बढि बालबालिकाहरुलाइ भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको स्वास्थ्य शाखा प्रमुखअधिकारीले बताउनु भयो ।गाउँपालिकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम चलाउन ६७ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरेका उहाँले  बताउनु भयो ।

आज र भोलि संचालनहुने कार्यक्रमबाट गाउँपालिकाको लक्ष्य पुरा हुने विश्वाश ब्यक्त गर्नु भयो ।गाउँपालिकाले स्वास्थय सेवामा सेवाग्राहीको आकर्षण बढाउने गरी विश्वसनीय सेवा दिन स्वास्थ्यकर्मीलाई विजय नगरगाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले आग्रह गर्नु भयो ।

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ’ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ’ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu