Connect with us
Kapilvast Forest

सहकर्मीबाटै अप्ठेरोमा प्रधानन्यायाधीश

२०७८, ८ कार्तिक सोमबारमा प्रकाशित

काठमाडौं-सहकर्मीले असहयोग गर्ने भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अप्ठेरोमा पर्नु भएको छ । पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी नहुने समझदारी सर्वोच्च अदालतका १४ न्यायाधीशले आइतबार गर्नु भएको छ ।

गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले सोमबारका लागि फुलकोर्ट बैठक बोलाउनु भएको छ । सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश छन्। तीमध्ये १४ जनाले फुलकोर्ट बैठक बहिष्कार गर्ने भएपछि प्रधानन्यायाधीश अप्ठेरोमा पर्नु भएको हो ।

नेपाल बार एसोसिएसनका पदाधिकारीले आइतबार प्रधानन्यायाधीशलाई भेटेर न्यायपालिकामा देखिएको समस्या समाधानको उपाय खोज्न आग्रह गर्नु भएको थियो । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका पदाधिकारीले राजीनामालगायतको विकल्प खोज्न प्रधानन्यायाधीशलाई सुझाउनु भयो

बारका प्रतिनिधिसँग प्रधानन्यायाधीशले सोमबार फुलकोर्टको बैठक बसेर समस्याको समाधान खोज्ने बताउनु भएको थियो । उहाँले फुलकोर्ट बैठकमा सहभागी हुन बारका प्रतिनिधिलाई समेत बोलाउनु भएको छ ।

बारका पदाधिकारी बाहिरिएपछि सर्वोच्च अदालतमा उपलब्ध १४ न्यायाधीशले दिउँसो २ बजेदेखि छुट्टै छलफल गर्नु भएको थियो । फुलकोर्ट बैठकको अजेन्डामा सर्वोच्चमा बुझाइएको अध्ययन प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ताको उपाधिसम्बन्धी विषयलाई मात्रै राखेपछि १४ न्यायाधीश बैठक बहिष्कार गर्ने सहमतिमा पुग्नु भएको छ ।

‘न्यायपालिकाको विषयमा गम्भीर विवाद उठिरहेका बेला वरिष्ठ अधिवक्ताको उपाधिका विषयमा छलफल गर्न बैठक राख्नु ठीक होइन,’ छलफलपछि एक न्यायाधीशले भन्नु भयो , ‘न्यायपालिका प्रमुखको पदमा बसेर मुख्य विषयमा छलफल नगर्ने बैठकमा हामी जाँदैनौं।’

न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीशले सरकारसँग भागबन्डा मागेको, अदालतलाई विवादित बनाएको विषयमा छलफल भएको एक न्यायाधीशले बताउनु भयो । ‘प्रधानन्यायाधीशबाहेक १४ जना न्यायाधीश छलफलमा बस्यौं। पाँचजना आउनुभएको थिएन’, उहाँले भन्नु भयो ।

छलफलमा पूर्वन्यायाधीश फोरमले उठाएको विषयमा पनि न्यायाधीशहरूले धारणा राख्नु भएको थियो । उहाँहरूले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिनु भएको थियो । यो समाचार नागरिक दैैनिकमा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu