Connect with us
Kapilvast Forest

मन्त्रीलाई खेलाडी संघको ज्ञापनपत्र

२०७८, १० कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं-नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले मंगलबार आफ्ना सेवा सुविधा निश्चित गर्नका लागि ज्ञापनपत्र बुझाएका छन् ।

एनएनआईपिए अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आज युवा तथा खेलकुद मन्त्रालयको कार्यालयमा पुगरे मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
एनएनआईपिएले राष्ट्रका लागि खेल खेलेका ओलम्पियन, तथा पदाधिकारीलाई सरकारले दिँदै आएको सेवा सुविधालाई निरन्तरता दिन ज्ञापनपत्रबाट ध्यानाकर्षण गरेका हुन ।

ज्ञापन पत्र बुझाउने क्रममा ओलम्प्यिन दीपक विष्टले सम्मानित तरिकाले दिँदै आएको सेवालाई निरन्तरा दिन आग्रह गरे । उनले मन्त्री र सदस्य सचिव फेरिएपनि खेलाडी र ओलम्पियनका लागि बनेको फाइल अन्तिम चरणमा पुगेको भन्दै सम्मन्वय गरिदिन ओलम्पियन दीपक विष्टले मन्त्रीलाई आग्रह गरे ।

संघले बुझाएको ज्ञापनपत्रमा विभिन्न ८ बुँदागत मागहरू समेटिएको छ । ज्ञापनपत्रमा नवौं वृहत राष्ट्रिय खेलकुद तत्काल गर्नका लागि पहलकदमी गर्नु पर्ने, कोभिड खोप लगाएर खेलाडीको प्रशिक्षण सुरु गर्नु पर्ने, खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा लगाएतका विभिन्न माग राखिएको छ । ज्ञापन पत्र बुझेपछि युवा तथा खेलकुद मन्त्री गहतराजले खेलमा जिवन विताएकालाई प्रदान गर्दै आएको सेवा सुविधालाई निरन्तरता दिने आश्वासन दिए ।
यस्तै मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद्मा रिक्त सदस्य सचिवको प्रक्रिया छिट्टै अगाडि बढाउने बताए । संघले १३ औं सागमा स्वर्ण विजेता खेलाडीले आकर्षक पुरस्कार पाएपनि रजत र कांश्य पदक जित्नेको कुनै सम्बोधन नभएको भन्दै विषयमा मन्त्रीले सकारात्मक प्रक्रिया दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu