Connect with us
Kapilvast Forest

मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

accident

झापा – दुईटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेका गौरादह नगरपालिका ४ निवासी ४० वर्षीय भानु खत्री अधिकारी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहान ८ बजे गौरादह ४ स्थित  धरधरे जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ६ प ५४१६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको मे ९ प २७०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मे ९ प २७०३ नम्बर मोटरसाइकल चालक अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मे ६ प ५४१६ नम्बरको मोटरसाइकल चालक र पछाडी सवारको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूको तत्काल  नामथर र वतन खुल्न नसकेको र उपचारको लागी न्युरो अस्पताल विराटनगर  पठाएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu