Connect with us
Kapilvast Forest

स्वास्थ्य सेवामा कपिलवस्तु प्रदेशमै उत्कृष्ट

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

 

कपिलवस्तु- स्वास्थ्य सेवामा सुधार आएपछि कपिलवस्तुका २ अस्पताल लुम्बिनी प्रदेशकै उत्कृष्ट घोषणा भएका छन् । न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा जिल्लाका २ स्वास्थ्य संस्था र २ स्वास्थ्यकर्मी सम्मानित हुनुभएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले वार्षिक प्रगतीको मूल्याङ्कन गर्दै कपिलवस्तु आयुर्वेद अस्पताल तौलिहवालाई प्रदेशको प्रथम घोषणा गरेको छ । यसैगरी जिल्ला सदरमुकाम तौलिहवामा रहेको कपिलवस्तु अस्पताल प्रदेशमा दोस्रो स्थान प्राप्त गरेको छ । दुवै अस्पताललाई सम्मानपत्रका साथ सम्मानित गरिएको छ । लुम्बिनी प्रदेशका १३ अस्पताल र ११ आयुर्वेदसँग सम्बन्धित संस्थाको मूल्याङ्कन गरिएको थियो ।

यसैगरी झाडापखाला प्रकोप नियन्त्रणमा उत्कृष्ट व्यवस्थापन गरेबापत जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डे, शिवराज अस्पतालका मेसु डा. मुकेशसिंह चौधरी समेत सम्मानित हुनुभएको छ । पाण्डे र चौधरीले असोज १८ गतेदेखि जिल्लाको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणको लागि सफलतापूर्वक काम गर्नुभएको थियो ।

झाडा पखाला उपचारकालागि आराम नगरी निरन्तर ३ दिन खटेका चिकित्सक चौधरीले सरकारले गरेको मूल्याङ्कनले सकारात्मक उत्प्रेरणा जगाएको बताउनुभयो । गत वर्ष मात्र ५० शैयामा अस्पताल स्तरोउन्नति भएको थियो । कामको मूल्याङ्कन गर्दै प्रदेशमै स्थान बनाउन सफल भएकोमा अस्पताल विकास समितिका अध्यक्ष खुम आचार्यले अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो ।गोरखापत्र अनलाइन

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu