Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारी आज लुम्बिनी आउँदै

२०७८, १४ कार्तिक आईतवारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

बुटवल-राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी आउँदैहुनुन्छ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको जोड धातुको बुद्धमूर्ति अनावरण गर्न र लुम्बिनी हुने विभिन्न कार्यक्रममा सहभागी हुन लुम्बिनी आउन लाग्न भएको हो । राष्ट्रपतिले लुम्बिनीमा बज्रयोगिनी विहारको उद्घाटन गर्ने कार्यक्रम छ ।

 

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले विमानस्थलमा बुद्ध मूर्ति आइतबार १ बजे अनावरण गरिने कार्यक्रम भएको बताउनु भयो । म्यानमारका भिक्षु कालिगडद्वारा झन्डै ६ महिना लगाएर तयार गरिएको उक्त मूर्ति १ मिटर लम्बाइ र ६० सेन्टिमिटर चौडाइ तथा १ हजार ८ सय किलोको रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले जानकारी दिनु भयो ।

म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । साढे दुई अर्बको मूर्ति अर्थ र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी ल्याइएको हो । अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन मूर्तिले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

 

राष्ट्रपतिसँगै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण पनि मूर्ति अनावरणमा आउनुहुने छ । उहाँ बिहानै रुपन्देही आएर तिलोत्तमा नेपाली काँग्रेसको कार्यक्रममा सहभागी भएर विमानस्थल जाने कार्यक्रम रहेको छ ।

यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा प्राचीन कलासहितको नेपाली बज्रयानी विहार राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण भएको हो।

लिच्छवीकाली, मल्लकालीन काष्ठकला, कलाकृतिले सजिएको छ । नेपालीकै दान दातव्यबाट विहार निर्माण गर्ने योजना बनाइएको थियो । विहारका अध्यक्ष प्रा‍।डा।नरेशमान बज्राचार्यले स्वदेशी लगानीमै विहार तयार भएको बताउनु भयो ।

यस्तो छ कार्यसूची

जिल्ला प्रशासन कार्यालय अनुसार भण्डारी आइतबार बिहान १० बजे विमानस्थल आउनुहुने छ । त्यसपछि लुम्बिनी हुने कार्यक्रम सहभागिता रहनुहुने छ । लुम्बिनीमा बनिरहेको बज्र यान महाविहारको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विहार उद्घाटनपछि भण्डारी मायादेवी मन्दिरको दर्शनमा जाने कार्यक्रम छ ।

११ः४५ बजे बुद्धमाया होटेलमा लुम्बिनी विकासको विषयमा राष्ट्रपतिलाई जानकारी दिने कार्यक्रम छ । यस्तै राष्ट्रपतिले लुम्बिनी बौद्ध विश्वविद्यालयको अवस्था जानकारी दिने छिन् । राष्ट्रपति भण्डारीले लुम्बिनीमा निर्माण भएको ५ हजार क्षमताको ध्यान हल अवलोकन गर्ने कार्यक्रम समेत छ । सो हलको शिलान्यास राष्ट्रपति भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएके थियो ।

लुम्बिनीको भ्रमण गरेर राष्ट्रपति भण्डारी गौतम बुद्ध विमानस्थल जाने कार्यक्रम छ । त्यहाँ साढे २ अर्बको बुद्ध मूर्ति अनावरण गर्ने कार्यक्रम छ । बुद्धमुर्ति अनावरणपछि काठमाडौँ फर्कने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu