Connect with us
Kapilvast Forest

स्यालले टाेक्दा सर्लाहीकाे हरिपुरका ५ जना घाइते

२०७८, १८ कार्तिक बिहीबारमा प्रकाशित

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर ८ मा स्यालको टोकाइबाट पाँच जना घाइते भएका छन् । स्यालले मानिसलाई टाेकेपछि स्थानीयवासी त्रसित भएका छन् ।

उखु बारीबाट गाउँ पसेको स्यालले मानिसलाई मात्रै नभइ पशुलाई समेत टोक्न थालेपछि स्थानीयवासीमा त्रास बढेर गएको वडा नम्बर ८ का अध्यक्ष हरिबहादुर थापाले जानकारी दिनुभयो ।

स्यालले टोकेर घाइते भएका सबै जनालाई रेबिजविरुद्धको खाेप लगाइएको प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीले जनाएको छ । स्याल गाउँबाट हरिपुरको नहर हुँदै भागेर जङ्गल पसेको स्थानीयवासीले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu