Connect with us
Kapilvast Forest

देउसी खेल्न गएका कलाकार चढेको बस दुर्घटना हुँदा ३२ जना घाइते

२०७८, १९ कार्तिक शुक्रबारमा प्रकाशित

accident

मकवानपुर-मकवानपुरको बकैयामा देउसी खेल्न गएका कलाकार चढेको बस पल्टिँदा ३२ जना घाइते भएका छन् । गए राति करिब सवा १ बजेको समयमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ अजिङ्गरेमा देउसी खेलेर हेटौंडातर्फ फर्किने क्रममा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु चढेको बस अनियन्त्रित भइ सडक छेउको खेतमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

बकैया–३ हात्तिसुडे देउसी खेली फर्किने क्रममा बागमती प्रदेश ०३–००१ ख १३०९ न।को बस दुर्घटना हुँदा बसमा सवार ३२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनु भयो ।

घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको उहाँले बताउनु भयो । घाइतेहरुको हेटौंडा र चितवनका अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

दुर्घटना पछि बसका चालक फरार भएका छन् । बस चालकको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । घटना बारे थप अनुसन्धान जारी रहेको उहाँको भनाई छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu