Connect with us
Kapilvast Forest

टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका समूह चरणबाटै बाहिरियो

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी – दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

गए राती इङ्ल्याण्डलाई १० रनले हराए पनि दक्षिण अफ्रिका नेट रनरेटका आधारमा समूह चरणबाटै बाहिरिएको हो । समूह एक बाट इङ्ल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ल्याण्ड, अस्ट्रेलिया र साउथ अफ्रिकाको समान ८ अंक भए पनि नेट रनरेटका आधारमा इङ्ल्याण्ड समूह विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

यूएईकाे सारजाहमा दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । इङ्ल्याण्डका मोइन अलीले सर्वाधिक ३७, डेविड मलानाले ३३, लियाम लिभिङ स्टोनले २८ र जोस बटलरले २६ रन जोडे ।

दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, तबरेज शम्सी र ड्वेन प्रिटोरियसले समान २ तथा एनरिक नार्टजेले १ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

उसका रस्सी भान डेर डुसनले नटआउट ९४ तथा एडेन माक्र्रामले नटआउट ५२ रनको अर्धशतकिय पारी खेले । क्विनटन डी ककले ३४ रन जोडे । इङ्ल्याण्डका आदील रासिद र मोइन अलीले एक/एक विकेट लिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu