Connect with us
Kapilvast Forest

जनताप्रति उत्तरादायी भएर काम गर्नेछु : श्रममन्त्री श्रेष्ठ

२०७८, २१ कार्तिक आईतवारमा प्रकाशित

 

दमौली- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताको भरोसा टुट्न नदिने बताउनु भएको छ । उहाँले जनताको आफूमाथिको आसा र भरोसा अनुसार नै काम गर्ने बताउनु भएको छ ।

व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार आमा समूहले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सधैं जनताप्रति उत्तरदायी भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

जनताको भावनाअनुसार विकास निर्माणका कामका लागि सदैव प्रतिबद्ध रहेको जनाउँदै उहाँले भन्नु भयो , ‘विगतमा जिल्लावासीको हितका लागि काम गर्दै आएको छु, जिल्लाको विकासका लागि सधैं क्रियाशील रहन्छु।’

स्थानीयवासीले मन्त्री श्रेष्ठलाई विभिन्न विकासका मागसहित ज्ञापनपत्रसमेत बुझाएका थिए। आमा समूहकी अध्यष अम्बिका पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य प्रतापलाल श्रेष्ठ, केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठलगायतले धारणा व्यक्त गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu