Connect with us
Kapilvast Forest

विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुने

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

 

एजेन्सी – विश्वकप टी–ट्वान्टीअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले हराएको छ । युएईको दुबइमा गएराति भएको खेलमा नामिबियाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १५ ओभर २ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।

भारतको जितमा रोहित शर्माले ५६ रन जोड्दा लोकेस राहुलले अविजित ५४ रनको योगदान गरे । जितका बाबजुद भारत विश्वकपको समुह चरणबाटै बाहिरिएको छ । समुहका ५ खेलबाट भारतले ६ अंक मात्रै जोड्न सक्यो । समान खेलबाट ८ अंक जोडेको न्युजिल्याण्ड र १० अंक जोडेको पाकिस्तान सेमिफाइनलमा प्रवेश गरे ।

विश्वकप टी–ट्वान्टी क्रिकेटका सेमिफाइनल खेलहरु भोलिदेखि हुनेछन् । पहिलो सेमिफाइनलमा भोलि बेलुकी पौने ८ बजे अबुधाबीमा इंग्ल्याण्डले न्युजिल्याण्डको सामना गर्नेछ । यसैगरी बिहीवार वेलुकी दुबइमा हुने दोस्रो सेमिफाइन खेलमा पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu