Connect with us
Kapilvast Forest

सुस्तायो कोरोना खोप अभियान

२०७८, २३ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कम भएको बेला खोप अभियान पनि सुस्ताएको छ । कुनै बेला एकैदिन पौने तीन लाख डोज खोप लगाउने गरिएकोमा अहिले हजारमा सीमित भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार कात्तिक महिनाभर खोप अभियान सुस्त देखिएको छ । कात्तिक १ गतेका दिन २७ हजार ७०१ जनालाई खोप लगाइएको थियो । तर कात्तिक २२ गते अर्थात सोमबार १,९१७ जनालाई मात्रै भेरोसेल खोपको दोस्रो डोज लगाइएको छ ।

 

जबकी सरकारले असोज १३ गते एकैदिन २ लाख ८६ हजार १४५ जनालाई खोप लगाएकोमा कात्तिक १३ गते भने १ लाख ७३ हजार ५९ जनालाई खोप लगाइएको छ । यो संख्या कात्तिक महिनामा प्रयोग भएको सबैभन्दा बढी खोप हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu