Connect with us
Kapilvast Forest

दबाबमा न्यायाधीश

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार न्यायाधीशहरूलाई दबाबमा पार्न बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची तोके पनि उनीहरू इजलासमा बसेनन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएका न्यायाधीशहरू आफ्नै अडानमा छन्।

उनीहरू मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको इजलासमा बसेनन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाको पेसी सूची नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने भद्र सहमति भएको भनिएको थियो।

सोहीअनुसार सोमबारसम्म बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी सूची तोकेका जबराले मंगलबार अन्य मुद्दाको पनि पेसी तोकेका हुन्। यसबाट न्यायाधीशहरू दबाबमा परेका छन्। प्रधानन्यायाधीश जबराले अन्य न्यायाधीशसँगै संयुक्त इजलास तोक्दा न्यायाधीशहरू नगएपछि आफ्नो इजलास तोकेर न्याय सम्पादन गरेका छन्। जबराले मंगलबार ६ वटा मुद्दामा न्याय सम्पादन गरे।२९७ वटा मुद्दाको पेसी तोकिए पनि तिनको सुनुवाइ गर्न इजलास बसेन।

न्यायाधीशहरूको मंगलबार बसेको बैठकले ठोस निर्णय गर्न सकेको छैन। ‘बन्दीका मुद्दामात्रै हेर्ने अडानमा छौं। उहाँ (प्रधानन्यायाधीश) का तर्फबाट नयाँ कुरा आएपछि छलफल होला’,बैठकमा सहभागी एक न्यायाधीशले भने, ‘प्रधानन्यायाधीशसँग जोडिएर मुद्दा तोकेमा हामी हेर्दैनौं।’ती न्यायाधीशका अनुसार दुवै पक्षबीच ठोस रूपमा छलफल हुन सकेको छैन।‘आज (मंगलबार) पनि मुद्दा हेरेनौं।हामीले अर्को दिन पनि बन्दीबाहेकका मुद्दा हेर्दैनौं’,ती न्यायाधीशले भने।

न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासमा ३६ वटामध्ये एउटा बन्दी प्रत्यक्षीकरणको मुद्दा तोकिएको थियो।संयुक्त इजलासमा बन्दीका मुद्दामात्रै सुनुवाइ भयो,अन्य मुद्दाको सुनुवाइ भएन। अन्य न्यायाधीश पनि बन्दीबाहेकका अन्य मुद्दाको इजलासमा गएनन्।

यसअघि पनि प्रधानन्यायाधीश जबराले अन्य मुद्दाका पेसी तोक्दा सर्त उल्लंघन गरेको भन्दै न्यायाधीशहरू इजलासमा गएका थिएनन्। मंगलबार पनि अन्य मुद्दाको पेसी तोकिँदा उनीहरू इजलास नगएका हुन्। कात्तिक ७ देखि प्रधानन्यायाधीश जबराको साथ छाडेर राजीनामा माग्दै आएका न्यायाधीशहरूले उनको सम्मानजनक बहिर्गमनको प्रस्ताव आएपछि बन्दीका मात्रै मुद्दा हेर्न थालेका थिए।

यो समाचार नागरिक दैनिकमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu