Connect with us
Kapilvast Forest

नक्कली मल बनाउने गिरोह पक्राउ

२०७८, ३० कार्तिक मंगलवारमा प्रकाशित

 

बिर्तामोड- कृषकले रासायनिक मल नपाएर हाहाकार भइरहेका बेला झापामा नक्कली मल बनाइने गरेको फेला परेको छ । झापाको कनकाई नगरपालिका–३, सुरुङ्गाका तिलक पौड्यालको घरमा नक्कली मल बनाउँदै गरेको फेला परेको होध्रनुनमा रातो माटो मिसाएर बोरामा नक्कली पोटास बनाई बिक्रीका लागि लैजान ठिक्क पारेको १६ बोरा तयारी नक्कली पोटास र बनाउँदै अवस्थाको मल भनिएको वस्तु र बनाउन प्रयोग गरिने पदार्थ बरामद भएको छ ।

केही बोरा भुइँमा राखिएको नुन र रातो माटो, बोरा सिलाउने सियो धागो र करिब ५० वटा खाली नुनका बोरा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै सुरुङ्गा बजारमा रहेको भट्टराई कृषि भण्डारमा बिक्रीका लागि राखिएको १३ बोरा नक्कली तयारी पोटाससमेत फेला परेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घर पछाडिबाट नक्कली पोटास बनाउँदै गरेको अवस्थामा दसीसहित फेला पारेको हो । सादा पोसाकमा गएको प्रहरीलाई देख्नासाथ नक्कली पोटास बनाउने चार जनाको समूह भागेको प्रहरीले जनाएको छ ।

घरधनी अटोरिक्सा चालकसमेत रहेका तिलक पौडेल र नक्कली मल बिक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगिएको प्रहरी नायब निरीक्षक जिम्बाले बताउनुभयो । भट्टराई कृषि भण्डारबाट झापा तथा पहाडका जिल्लामा रासायनिक मल आपूर्ति हुँदै आएको थियो । उक्त पसलबाट नक्कली मल आफैँ बनाएर बिक्री भएको थाहा हुनासाथ आफूले किनेको मल लिएर सयौँ कृषकले विरोध प्रदर्शन गरेका छन् ।
मल नपाएको बेला महँगो मूल्य तिरेर खेतमा हालेको मल नै नक्कली भएको पाइएपछि मलको कालोबजारी र नक्कली मल बनाउने गिरोहलाई कारबाही नहुने हो भने कृषक सधैँ पीडामा हुने स्थानीय कृषक राजकुमार श्रेष्ठले बताउनुभयो । प्रहरीले नक्कली मल बनाउने गिरोहको पहिचान भइसकेकाले सबैलाई पक्राउ गरी कारबाही हुने जनाएको छ । गोरखापत्र अनलाइन

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu