Connect with us
Kapilvast Forest

दाङमा बस दुर्घटना , २९ जना घाइते

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

accident

दाङ – यात्रुबहाक बस दुर्घटना हुँदा दाङमा २९ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ आउँदै गरेको कर्णाली प्रदेश००–००१ ख ०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाचिएर दुर्घटनामा परेको हो ।घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu