Connect with us
Kapilvast Forest

एमाले अध्यक्षमा उम्मेद्वारी दिने भीम रावलको तयारी

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

bhim.jpg

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गर्नु भएको छ ।चितवनमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदको उम्मेद्वार रहेको जानकारी दिन रावलले पत्रकार सम्मेलन गर्दैछन् ।

सहमति नजुटेपछि अध्यक्ष पदको तयारी भएको छ । पत्रकार सम्मेलनबाट त्यसको जानकारी दिनुहुन्छ’, रावल निकट नेता झपट रावलले भन्नु भयो । उपाध्यक्ष रावल १० बुँदे सहमति मार्फत् एमालेमै बस्नु भएको हो ।

तर १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओली नै तयार नभएको भन्दै रावलले असन्तुष्टि जनाउँदै आउनु भएको छ । सूदुरपश्चिम प्रदेशमा रावलले समानान्तर गतिविधि समेत चलाइरहनु भएको छ ।

‘एकताबद्ध पार्टी बनाउन पनि उहाँको उम्मेद्वारी आवश्यक परेको हो’, रावल निकट अर्का केन्द्रीय सदस्य प्रकाश साहले भन्नु भयो । एमालेको नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित रावल माधवकुमार नेपाल निकट हुनुन्थ्यो । तर २ भदौमा नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्दा रावल एमालेमै बसे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu