Connect with us
Kapilvast Forest

मनाङको सुखद् सुरुवात, जावलाखेल १ शून्यले पराजित

२०७८, ५ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं-आठ पटकको च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ ।

दशरथ रंगशालमा आइतबार भएको खेलमा मनाङले ललितपुरको जाउलाखेल युथ क्लबलाई १–० गोलले हरायो । मनाङको जितमा रक्षक दिनेश राजवंशी नायक बन्नुभयो । ५७ औँ मिनेटमा भारतीय खेलाडी दयानन्द सिंहको कर्नर पासमा उत्कृष्ट हेडगोल गर्दै दिनेशले मनाङको उत्साह बढाउनु भएको थियो ।

यसअघि ५४औँ मिनेटमा मनाङका रोजाईका स्ट्राइकर अन्जन विष्ट खाली पोस्टमा चुक्नुभएको थियो । नाइजेरियन खेलाडी एडेलाजा समिडेको पोस्ट नजिक उपलब्ध गराउनुभएको पासमा अन्जनको हेड प्रहार पोस्ट थोरै बाहिरिएको थियो ।

पहिलो हाफमा मनाङलाई कडा टक्कर दिएको जाउलाखेलले दोस्रो हाफमा आशातित प्रदर्शन गर्न सकेन । ४५औँ मिनेटमा ओनगुना केनग्वे जुनियरको शसक्त हेड प्रहार क्रसबारमा लागेर फर्किएपछि जाउलाखेल निराश बनेको थियो ।

दोस्रो हाफमा मनाङविरुद्ध रक्षात्मक रणनीति अपनाएको जाउलाखेल आफ्नो रणनीतिमा सफल बन्न सकेन । हरेक लिगमा उपाधिको दाबेदार बन्दै आएको मनाङलाई पनि जाउलाखेलविरुद्ध जित निकाल्न हम्मेहम्मे परेको थियो ।

नेपालको सर्वाधिक सफल क्लब मनाङमा स्ट्राइकर अन्जनसहित राष्ट्रिय टोलीका तीनजना खेलाडी हुनुहुन्छ । मनाङलाई अग्रपंक्ति नेपाली लिगका सदाबहार नाइजेरियन स्ट्राइकर ओलावाले अफिजको पनि बलियो साथ छ।

तर, आइतबारको खेलमा जाउलाखेलविरुद्ध ओलावाले चल्न सक्नुभएन । ८९औँ मिनेटमा ओलावाले खाली पोस्टमा चुक्नुभएको थियो । ओलावालेले खाली पोस्टमा हानेको प्रहार पोस्ट बाहिर पुगेको थियो । मनाङका दिनेश राजवंशी ‘म्यान अफ दी म्याच’ बन्नुभयो ।

जाउलाखेलसँगको कठिन जितसँगै मनाङले तीन अंक बनाएको छ । जाउलाखेलले हारबाट लिगको सुरुवात गरेको छ । खेलपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले समग्रमा खेल प्रतिस्पर्धात्मक भएको बताउनुभयो ।

‘मनाङ ठूलो टिम हो । स्टार खेलाडी भएकोले प्रशिक्षकले खासै प्लान बनाउनु पर्दैन । जित अवश्य हुन्छ, भन्ने थाहा थियो । हामीले सोचे जस्तो बल पोजिसनमा राख्न नसक्दा दबाब झेल्यौँ । जाउलाखेल पनि राम्रो खेल्यो,’ तामाङले भन्नुभयो ।

जाउलाखेलका प्रशिक्षक किशोरकुमार केसीले राम्रो खेले पनि पाएको मौकामा गोल गर्न नसक्दा हार खेपेको बताउनुभयो । ‘पहिलो हाफ राम्रै थियो । तीनचार वटा राम्रो मौका गुमायौँ । दोस्रो हाफमा गोलरक्षकको सानो गल्तीले गोल खायौँ । आगामी खेलमा सुधार गर्नेछौँ,’ केसीले भन्नुभयो ।

लिग अन्तर्गत सोमबार हुने पहिलो खेलमा विभागीय टोलीको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मच्छिन्द्र र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu