Connect with us
Kapilvast Forest

शिवराज एसले प्रशासनलाई भन्यो वेपत्ता पौडेलको छिटो सत्य तथ्य वाहिर ल्याउनु

२०७८, ६ मंसिर सोमबारमा प्रकाशित

कपिलवस्तु-विगत चार दिन देखि बेपत्तारहेका कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ निवासी ३३ वर्षीय विक्रम पौडेलको यथा सिघ्र खोजिकार्यमा लाग्न नेकपा एककृत समाजवादि पार्टी शिवराजले सबै पक्षलाई आग्रह गरेको छ ।

पौडेल लामोसमय सम्म पनि फेला नपरेपछि नेकपा (एस)शिवराज नगर कमिटीका अध्यक्ष  सरोज  पौडेल र सचिव विष्णु पाण्डेले सोमवार विहान एक प्रेस विज्ञप्ति जारी गर्दै खोजी कार्यमा परिचालित हुन सबैमा अपिल गरेको छ ।
चार दिन देखि वेपत्ता पौडेलको हाल सम्म पनि ठोस नियर्ण लिन नसक्नु प्रसासनको कमजोरी भएको भन्दै जति सक्दो छिटो  सत्यतत्य बाहिर ल्याउन पुलिस प्रशासनलाई आग्रह गरेको ।

बेपत्ता पौडेलले सवार गरेको मोटरसाइकल शनिवार बिहान बुद्धभूमी ९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । मोटरसाइकल फेला परेपछि उनको खोजतलास गर्दा आइतबार बिहान मोबाइल पनि बेल नदिनै भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक शङ्कर आचार्यले बताउनुभयो । स्थानीय तथा प्रहरीले बेपत्ता युवकको खोजी कार्य गरिरहेको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu