Connect with us
Kapilvast Forest

महाधिवेशन सञ्चालन गर्न एमालेले ११ सदस्यीय अध्यक्ष मण्डल गठन गर्‍याे

२०७८, ७ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं– नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सञ्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

आज मङ्गलवार बसेकाे स्थायी कमिटीको बैठकले उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेलसहितको अध्यक्ष मण्डल गठन गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । अध्यक्ष मण्डलमा सुवास नेम्वाङ, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकाेटा रहनुभएको छ ।

अध्यक्ष मण्डलले महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्द सत्र सञ्चालन गर्नेछ । बैठकले सचिव पृथ्वीसुब्बा गुरुङसहित ६ सदस्यीय कमिटी पनि गठन गरेको छ ।

यसैबीच १० औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार तीन सय २७ जना प्रतिनिधि हुने भएका छन् । कुल सदस्यको पाँच प्रतिशत अर्थात् एक सय तीन जना मनोनित गरी महाधिवेशनमा दुई हजार तीन सय २७ जनाको प्रतिनिधित्व हुने एमाले सचिव भट्टराईले बताउनुभयो । केन्द्रीय कमिटी र केन्द्रीय निकायबाट हुने पदेन प्रतिनिधिको सङ्ख्या दुई सय ३८ जना र निर्वाचित प्रतिनिधि एक हजार आठ सय ८९ जना रहेका छन् ।

यस्तै महोत्तरी, रौतहट, प्रदेश नम्बर २ मजदुर प्रतिनिधि र भूतपूर्व सैनिक गरी ६७ जना प्रतिनिधि चयन हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

यसैबीच नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा आउँदो ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । मङ्सिर ११ गते दिउँसो १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी मनोनयन हुने निर्वाचन आयोगका सचिव बाबुराम दाहालले जानकारी दिनुभयो । उम्मेदवारीको मनोनयन गरिसकेपछि १२ गते बिहानैदेखि मतदान हुनेछ । महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय उपकरणबाट पहिलो पटक मतदान हुने भएको छ । मतदानका लागि ९२ वटा उपकरण प्रयोग हुने उहाँले बताउनुभयो ।

महाधिवेशनमा दुई सय २५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५–१५ जना गरी दुई ५५ पदका लागि  चुनाव हुनेछ । दाहालका अनुसार एक जना प्रतिनिधिलाई विद्युतीय मेशिनमा मतदान गर्न आधा घण्टा लाग्ने छ । ५० किसिमका विद्युतीय मतपत्र रहने छन् ।  मतदान सकिएको चार घण्टामा मत परिणाम घोषणा हुने उहाँले दाबी गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu