Connect with us
Kapilvast Forest

सुर्खेतमा दुई पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं -नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको ।

सुर्खेत-२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको हो ।

तीन पटक मन्त्री भएका जोशीले ३१० मत मात्रै पाउनु भएको छ । केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गर्दा उहाँ १३ औं नम्बरमा आउनु भो । त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाउनु भयो । उहाँलाई लोकबहादुर विश्वकर्माले पराजित गर्नु भएको हो । विजयी विश्वकर्माले ४७३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

पूर्वमन्त्री जोशी र बस्याल दुवै संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नु भएको हो ।

सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का समूह विजयी भएको हो । दुवै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा खड्का समूहको प्यानल विजयी भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu