Connect with us
Kapilvast Forest

जबरालाई महाअभियोग लगाउन माग गर्दै बालुवाटार न्याय मार्च

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाल बार एशोसिएसनसहित ७ वटा संस्थाको अगुवाइमा बालुवाटार न्याय मार्च सुरु भएको छ ।नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल जनस्वास्थ्य संघ, नेपाल शिक्षक संघ, नेपाल इन्जिनियर्स एशोसिएसन र बृहत नागरिक आन्दोलनले सर्वोच्च अदालतको गेटदेखि बालुवाटारसम्म न्याय मार्च गर्न लागेका हुन् ।

 

सर्वोच्च अदालतको गेटबाट सुरु भएको मार्च माइतीघर, भद्रकाली हुँदै बालुवाटारतर्फ अघि बढेको छ । मार्चमा सहभागीहरूले जबराको सम्पत्ति छानविन गर्न र महाअभियोग लगाउन माग गरेका छन् ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा र न्यायालय पुनःसंरचनाको आन्दोलनमा अन्य संघसंस्थाले साथ दिएर न्याय माच गरिएको हो । यी सात संस्थाले प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउन राजनीतिक दल र संसदलाई दबाब दिँदै र्‍याली निकालेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu