Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनमा सहभागी हुन महन्थ ठाकुर चितवनमा

२०७८, ९ मंसिर बिहीबारमा प्रकाशित

mahantha_thakur.jpg

काठमाडौं -नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का अध्यक्ष महन्थ ठाकुर चितवन पुग्नु भएको छ ।

अध्यक्ष ठाकुर बुद्ध एयरको विमानबाट बिहीबार नै चितवन पुग्नु भएको छ ।एमाले महाधिवेशनमा प्रमुख सातवटा राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनु भयो ।

तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नआउने कुनै जानकारी नभएको उहाँले बताउनु भयो ।उहाँले भन्नु भयो ‘प्रचण्डजीलाई पनि हामीले आमन्त्रण गरेका छौँ। उहाँ पनि शुभकामना दिन आउनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ।’यता, एमालेबाट विद्रोह गरेर गठन गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई भने महाधिवेशनमा बोलाइएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu