Connect with us
Kapilvast Forest

पार्टीमा क्रान्तिकारी रुपान्तरण आवश्यक छ : प्रचण्ड

२०७८, ११ मंसिर शनिबारमा प्रकाशित

prachanda

 

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व क्रान्तिकारी रुपान्तरणका लागि तयार हुनुपर्ने बताउनुभएको छ ।

शनिबार माओवादी केन्द्र पालिका सम्मेलनको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले वर्ग संघर्षबाट प्राप्त सफलता र पार्टीभित्रको विचार विकास र परिमार्जनका निम्ति केन्द्रीय कमिटीको निर्देशन अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

‘बाह्यि वर्ग संघर्षमा प्राप्त सफलता, पार्टीभित्र विचारको विकास र परिमार्जनका निम्ति केन्द्रीय कमिटीले दिएको दिर्नेशनलाई हामीले अनुशरण गर्नुपर्छ’, प्रचण्डले भन्नुभयो, ‘केन्द्रीय नेतृत्वले क्रान्तिकारी रुपान्तरणका लागि आफूलाई तयार पार्नुपर्छ । हामी यसमा लागि परेका छौँ ।’
समाजवादी क्रान्ति आज पनि आवश्यक भएको उहाँको भनाइ छ । माओवादीले २१ औँ शताब्दीमा समाजवादको नयाँ मोडेल विकास गर्न लागेको प्रचण्डले उल्लेख गर्नुभएको छ । यस विषयमा केन्द्रीय कमिटीबाट निर्देशन भएको उहाँले स्पष्ट पार्नुभयो ।

‘समाजवादी क्रान्ति सफल पार्नु माओवादीको आजको आवश्यकता हो’, प्रचण्डले भन्नुभयो, ‘हामीले २१ औँ शताब्दीमा समाजवादको नयाँ मोडेल विकास गर्न लागेका छौँ । केन्द्रीय समितिले यसको स्पष्ट दिशानिर्देश गरेको छ ।’

प्रचण्डले उद्घाटन समारोहलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय अभ्यास र नेपालकै इतिहास अध्ययन गरेर पार्टीको आगामी कार्ययोजना बनाउन लागेकोसमेत उल्लेख गर्नुभएको छ । उहाँले माओवादीलाई निस्कृय हुने छुट नभएको भन्दै क्रान्तिकार विरासतको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

‘हामीलाई निस्कृय हुने छुट छैन । क्रान्तिकारी विरासतको रक्षाका निम्ति अगाडि बढ्नु आवश्यक छ’, उहाँले भन्नुभयो, ‘प्रतिगामीका षड्यन्त्रलाई हामीले चुनौती दिनैपर्छ । यो उपलब्धि हाम्रो हो भनेर चुनौती दिन सक्नुपर्छ ।’

अहिले पार्टीका सदस्यता नवीकरण गर्नेको सङ्ख्या आठ लाख पुगेको र अलिकति मेहनत गर्दा १० लाख पुग्ने उहाँको भनाइ छ ।

प्रचण्डले नगर सम्मेलनमा सकेसम्म सहमतिबाट र नभए प्रक्रियागत ढंगबाट नेतृत्व छनोट गर्न अनुरोध गर्नुभयो । शनिबार माओवादी केन्द्रले देशभर नगर सम्मेलन गर्दैछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu