Connect with us
Kapilvast Forest

कांग्रेस जिल्ला सभापतिमा कलाम र राजेश भिड्दै

२०७८, ११ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु- कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा राजेश आचार्य र अब्दुल कलाम खाले उम्मेदवारी दिएका छन । आचार्य संस्थापन पक्ष र खाँ पौडेल पक्षको तर्फबाट उम्मेदवार भएका हुन । दुबैले शनिवार दिउसो मनोनय पत्र दर्ता गरेका हुन । यस अघि पौडेल पक्षका सृुधाकर पाण्डेय पछि हटदै आचार्यलाई सभापतिमा समर्थन गरेका छन । आचार्य र कमालले आ- आफनो प्यानल खडा गरेर चुनामा होमिएका छन । आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय सहीत सुधाकर पाण्डेयले साथ दिएका छन । उता खालाई बर्तमान पार्टी सभापति सुरेन्द्ररा आचार्य, पार्टीको कन्द्रिय सदस्य अतहर कमाल मुसलमान, बैकल्पीक कन्द्रिय सदस्य राजशे सिहको साथ छ । आचार्यको प्यानलमा उप सभापतिमा राम आषिष पाण्डेय, पदम खनाल, सचिवहरुमा सर्जु थारु र माधव पराजुली र सह सचिवमा मोहोम्द वजी अर्सद र राम चरित्र मौर्य रहेका छन । यस्तै खाको प्यानलमा उप सभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सविचमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह सचिवमा बिन बहादुर बन्जाडे र बिरेन्द्र श्क्ला रहेका छन । २ वटा उप सभापतिकालागि ५ जना, २ वटा सचिवकालागि ४ जना र २ सह सचिवकालागि ५ जनाको उम्मेदवारी परेको छ । ५२ सदस्यीय कार्य समितिकोलागि आईतावार तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदानमा मतदान हुने केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए । जिल्लामा कुल १ हजार ८१६ मतदाता छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu