Connect with us
Kapilvast Forest

३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमै समस्या

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

पूर्वमाओवादीको छुट्टै बैठक

 

काठमाडौं – नेकपा (एमाले)को ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ। पोलिटब्युरो सदस्य अरुण नेपालका अनुसार भोटिङ मेसिनबाट २२५ जनाको मात्रै रिजल्ट देखाउने छ।

यसअघिको विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कमिटीमा २२५ जना रहन्थे। त्यहीअनुसार मेसिनको व्यवस्था गरिएको थियो। तर, अहिले केन्द्रीय कमिटी ३०१ पुगेपछि भोटिङ मेसिनको सफ्टवेयर परिवर्तन गर्नुपर्ने भएको छ। र, त्यसका लागि लामो समय लाग्ने भएकाले तत्काल सम्भव नहुने नेपालले बताए।

यसैबीच महाधिवेशनको बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका चार नेताको बेग्लै बैठक बसेको छ। बैठकले तीन पदाधिकारीमा दाबी गर्ने निर्णय गरेको छ।

उपाध्यक्ष, उपमहासचिव र सचिवमा दाबी गर्ने निर्णयपछि माओवादी नेताहरु पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका छन्। होटल सेभेनस्टार होटेलमा रामबहादुर थापाबाहेक टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थपा र प्रभु साह बसेका थिए।

उपाध्यक्षमा बादल, उपमहासचिवमा रायमाझी र सचिवमा भट्टको प्रस्ताव गरिएको बताइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu