Connect with us
Kapilvast Forest

चार नेताले ओलीलाई बुझाए ३०१ केन्द्रीय सदस्यको सूची

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

 

कामाडौं- नेकपा एमालेमा केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने विकल्प पनि सुझाएका छन् ।

चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

 

ओलीले केन्द्रीय समितिको नाम प्रस्ताव गर्न आइतबार विहान १० बजे बन्दसत्र राख्नु भएको थियो । तर बन्दसत्र रोकेर छलफलमा जुटेका उहाँले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिनु भएको थयो । उहाँहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाउनु भएको हो ।

उहाँहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाउनु भएको छ । जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्‍याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदारको रुपमा रहनु भएको छ । उहाँसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाड्नु भएको छैन ।

यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्‍यायाउने तयारी छ । उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’

साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् ।

उहाँले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा हुनुन्छ । नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसक्नु भएको छ भने रावल ओली बसेको होटल परिसरमा आउनु भएको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu