Connect with us
Kapilvast Forest

कसरी कैद गरियो यो तस्वीर ?

२०७८, १३ मंसिर सोमबारमा प्रकाशित

फोटो पत्रकार राजेश ढुंगानाले कपिलवस्तुको तौलिहवामा कैद गरेको Greater Adjutant नामक चारले सर्प खादै गरेको तस्वीरले धेरैको मन तानेको छ । चारले बाच्नाको लागि सघर्ष गर्दै सर्पजस्तो बिसालु जिवसगँ सामाना गरिरहेको छ ।कपिलवस्तु जिल्लाको ग्रामिण भेगमा देखिएको Greater Adjutant जातको चरा। एउटा ठूलो पिपलको बोटमा माथी हेर्दा यो चरा निकै नै देखे। यसो हेर्दा त्यस रुखमा ३ वटा गुड थियो। रुखको टुप्पोमा यो चरा थुप्रैदेखि पछि गाडी रोके। यता उती हेरेर तस्बिर खिच्न थाले। ३ वटा गुड एउटै रुखमा रहेको। कसैको ४ वटा बच्चा, कसैको ३ वटा थिए। बच्चाहरु बडो अनुशासीत तरिकाले आफनो आमाको नजिक बसिरहेका थिए भने। माउले आफनो सबै बच्चालाई घुमी घुमी हेरिरहन्थ्यो। म यहां २ पटक तस्बिर खिच्न गए। तर एउटै किसिमको तस्बिर पाउन सफल भए। चिसोमा माउले छोपेर राख्थ्यो भने हल्का घाम लाग्ने बित्तिकै सबै जना घाम ताप्न उठने गर्दथे। स्थानीयसवासील्ााई सोधे। यो चराहरुले प्रायः यही रुखमा गुड बनाउने गर्दछन। धेरै पटक बनाइ सके। अझै यो चरा उडन सक्ने भएको छैन। म पुनः एक दिन फेरी जान्छु यहां। Greater Adjutant जातको चरा Stork Family चरा हो। यो चरा विशेष गरी एशिया र अफि्कामा पाइन्छ। यो चरा ४ फिट देखि ४ फिट ११ इन्च सम्म अग्लो हुन्छ। लम्बाई यसको ४ फिट ६ इन्च हुन्छ। पखेटा फैलाउदा यो ८ फिट २ इन्च सम्म हुन्छ। यो चराको तौल ८ देखि ११ किलो सम्म हुन्छ। यो जातको चरा विशेष गरी ताल नजिक, धान खेत, गहु खेत आदीमा बस्ने गर्दछ। यस चराले आफनो तापक्रम आफनो पखेटा बाट मेन्टेन गर्दछ। यो चराले आफनो गुड प्रायः जसो आफूले देख्ने गरी कुनै पनि रुखको अग्लो स्थानमा गुड बनाउने गर्दछ। कसै कसैले रुखको बिच भागमा पनि गुड बनाउने गर्दछन्। यो चराले ३ देखि ५ वटा अण्डा पाउने गर्दछ र त्यसैबाट ३ देखि ५ वटा बच्चा बनाउदछ। अण्डा पारेको ३५ दिनमा यस चराले बच्चा निकाल्ने गर्दछ। यस चराको प्रमुख आहारा किरा, भ्यागुता, सर्प, माछा आदी हुन।

कसरी कैद गरियो यो तस्वीर                               सनिवार  फोटो पत्रकार राजेश ढुंगानाले कपिलवस्तु जिल्लाको ग्रामिण भेग तिर आज घुम्दै गए। गाडीबाट नै यो चरा झाडीमा टुपलुक्क देखे। गाडीबाट ओर्ले। घाटीमा २ वटा क्यामरा थियो। यो Greater Adjutant जातको चराको अलिकति टाउको देखिएको थियो। तस्बिर खिच्न बडो कठिन भइरहेको थियो। त्यतिकैमा यो चराले ठाड तल पारेर। पखेटा फैलाएपछि मलाई शंखा लाग्यो अवश्य पनि यसले सर्प फेला पारयो भनेर। हिजो मात्र मैले यही जातको चराको बारेमा लेखेको थिए। यसको मनपर्ने खाना सर्प हो भनेर। हिन्दु शास्त्रमा यस चराको बारेमा पनि उल्लेख गरिएको छ। त्यतिकै मा अलिकति सर्प जस्तो देखियो म उठेर तस्बिर खिचिरहेको थिए। तर यो दृश्य जुन थियो त्यो सुतेर नै खिच्नु थियो म नजिकको झाडीमा सुती हाले। मेरो पछाडी स्थानीवासीहरु हेरिरहेका थिए। दाई त्यहां नसुत्नु सर्प यहां धेरै नै छ तर म यस दृश्यप्रति Excited भए। लगातार यसको तस्बिर खिची रहे। धेरै दृश्य यसको मैले कैद गरे। यसले पहिला यस सर्पको पुच्छर समातेको थियो र कडो कलात्मक तरिकाले पछि टाउको समात्यो। कडो कलात्मक तरिकाले सर्पलाई मारी छाडयो। करिब १ मिनेटको समयमा यसले यो सर्प खायो। स्थानीय भाषामा यस सर्पलाई मजगिदवा भन्दो रहेछ। सायद मैले उठेर खिचेको भए मलाई तस्बिर खिच्न कठिन हुने थियो। यो दृश्यहरु कैद गर्न पनि सक्दिन थिइ होल। झाडीको बिचमा फोकस गर्न निकै नै कठिन भइरहेको थियो। केही टेक्निकल टिप्स पनि प्रयोग गरे र सफलता हासिल गरे। यसको यो सर्प खाएको दृश्य मैले निकै नै कैद गरेको छु। (राजेश ढुंगानाको फेसबुकवालाबाट)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu