Connect with us
Kapilvast Forest

चेल्सीले वाट्फोर्डलाई हरायो

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

एजेन्सी-इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सीले वाट्फोर्डलाई उसकै मैदानमा हराएको छ। वाट्फोर्डलाई उसकै मैदानमा २–१ गोल अन्तरमा हराउँदै चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ।

चेल्सीको जितमा मासन माउन्ट र हाकिम जियाले गोल गरे। घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए।भिकारेज रोड वाट्फोर्डमा गए राति भएको खेलमा चेल्सीका लागि खेलको २९ औं मिनेटमा मासन माउन्टले गोल गर्दै सुरूआती अग्रता दिलाए।

४३औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै पहिलो हाफमा खेललाई १–१ गोलको बराबरीमा ल्याए।खेलको ७२औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई स्पष्ट जित दिलाए ।

यो जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १४ खेलबाट ३३ अंक पुगेको छ। चेल्सीले दोस्रो स्थानमा म्यानचेस्टर सिटीलाई एक तथा तेस्रोमा रहेको लिभरपुललाई २ अंकले पछि पारेको छ। पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu