Connect with us
Kapilvast Forest

नेविसंघ क्षेत्र नं.१ कपिलवस्तुले दियो विधार्थीलाई शैक्षिक सामग्री

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

 कपिलवस्तु- नेपाल विधार्थी संघ (नेविसंघ) क्षेत्र नं.१ कपिलवस्तुले बाणगंगा ५ झण्डामा अवस्थित श्री झण्डा उच्च माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । झण्डा उच्च माविका निवर्तमान ईकाई सभापति स्वर्गीय सरोज खनालको नाममा स्थापित “नेविसंघ सरोज खनाल स्मृति अक्षयकोष” मार्फत विपन्न जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

 

प्रत्येक बर्ष जस्तै यस बर्ष पनि रु १ लाख बराबरको अक्षयकोषबाट आउने व्याज रकमबाट ७ जना विद्यार्थीलाई कापी, कलम, झोला, विद्यालय पोसाक, डिक्सनेरी लगायतका शैक्षिक सामग्री वितरण गरिएको नेविसंघ क्षेत्र नं।१ का सभापति चन्द्रकान्त पोख्रेलले बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल कपिलवस्तुका सचिव दिनेश क्षेत्रीले विद्यार्थीले आर्थिक अवस्था कमजोर भएर पढ्न नसक्ने अवस्था नहोस् भनेर विगतदेखि नै यस्ता कार्यक्रमलाई निरन्तरता दिएकोमा नेविसंघलाई धन्यवाद दिनु भयो ।

नेविसंघका नेता मिन थापाले गरिब विपन्नताका कारण शिक्षा लिनबाट कोही पनि बञ्चित हुन नहुने बताउनु भयो । कार्यक्रमका अध्यक्ष समेत रहेका थापाले वितरण गरिएको शैक्षिक सामग्रीबाट विद्यार्थीलाई आगामी दिनमा शिक्षा हासिल गर्न केही हदसम्म सहज हुने विश्वास व्यक्त गर्नु भयो । नेविसंघ० क्षेत्र नं।१ का सभापति पोख्रेलले विपन्न, जेहेन्दार विधार्थीको शैक्षिक विकासमा आफुहरु सधै साथमा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा स्वर्गीय सरोजका बुवा जेदप्रसाद खनाल, विद्यालयका सहायक प्राचार्य किरण पन्थीसहित नेपाली कांग्रेसका संक्रिय नेता कार्यकर्ताहरुको तथा विद्यार्थीका अभिभावकहरुको उपस्थित रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu