Connect with us
Kapilvast Forest

पासपोर्टका लागि आवेदन दिएकाहरुलाई सम्पर्क राख्न अनुरोध

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

 

 

काठमाडौं – असोज ३१ देखि कात्तिक ५ गतेभित्र पासपोर्टका लागि आवेदन दिनेहरुका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै उक्त मितिमा पासपोर्टका लागि आवेदन दिनेहरुले पासपोर्ट लिन कार्यालय आउन अनुरोध गरेको हो ।

सूचनामा भनिएको छ–वि.सं.२०७८ असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म फाराम बुझाउने महानुभावहरुको पासपोर्ट यस कार्यालयमा प्राप्त भएको छ ।

साथै, पासपोर्ट लिन आउँदा पुरानो पासपोर्ट भए अनिवार्य, सक्कल नागरिकता वा नावालक परिचयपत्र र बैंक भौचरसाथमा लिएर कार्यालयमा सम्पर्क राख्न समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu