Connect with us
Kapilvast Forest

बिद्यालयको बसमा करेन्ट लाग्दा सहचालकको मृत्यु

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

सुनवल- नवलपरासी पश्चिम सुनवलको भडरीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

जनता आधारभुत बिद्यालय हरकट्टाको लु १ क ७८१२ नम्बरको बसमा करेन्ट लाग्दा सहचालक सन्तोस श्रेष्ठको मृत्यु भएको हो।

आइतबार बिहान ९ बजे जनता आधारभुत बिद्यालयको बसमा बिजुलीको तार चुटेर बसमा करेन्ट लागेको थियो ।

बसमा करेन्ट लाग्दा सहचालक श्रेष्ठ घाईते हुनभएको थियो । उहाँको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा शिक्षक सहित ४० जना विद्यार्थी रहेको भएपनि सबै सकुशल रहेको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu