Connect with us
Kapilvast Forest

राष्ट्रिय निर्माण दिवसमा बालगृहका बेसाहार बालक र अस्पतालका बिरामीलाई हरलिक्स

२०७८, २३ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु – २४ औं राष्ट्रिय निर्माण दिवसका अवसरमा कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहरा बालक र कपिलवस्तु अस्पतालमा रहेका बिरामीहरुलाई हरलिक्स बितरण गरिएको छ । कपिलवस्तु निर्माण ब्यवसायी संघले बालगृहका २६ बेसाहरा बालक र कपिलवस्तु अस्पतालमा भर्ना भएका २९ बिरामी गरी ५५ जनालाई हरलिक्स बाडेको हो ।

संघका जिल्ला अध्यक्ष गुन्जन कुमार गुप्ता, निबर्तमान अध्यक्षहरु चन्द्र शेखर श्रेष्ठ, दिनेश हमाल, महासचिव सरोज अर्याल लगायतका टोलीले हरलिक्स हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा संघको आयोजनामा तौलिहवा बजारमा बिहान प्रभातफेरी समेत निकालिएको थियो । संघका अध्यक्ष गुप्ताले निर्माण ब्यवसायीको समते सामाजिक उत्तरदायित्व अनुसार दिवसमा सो काम गरिएको बताउनु भयो ।

उहाँले निर्माण ब्यवसायी समेत समाजकै एउटा अंग रहेकोले आफुहरुलाई हौसला प्रदान गर्न उहाँले आग्रह गर्नु भया । उहाँले सरकारले समेत आफुुहरुलाइृं अनेको बाहानमा दूःख दिने गरको भन्दै गुनासो गर्नु भयो । उहाँले निर्माण ब्यवसायीले समेत ईमान्दारीका साथ काम गर्नु पर्ने बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu