Connect with us
Kapilvast Forest

बुन्डेसलिगाः बायर्न विजयी

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं – जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २२ औं मिनेटमा करिम ओनिसिवोले गोल गर्दै मैन्जलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, खेलको ५३ औं मिनेटमा किंग्सले कोम्यानले गोल गर्दै बायर्नलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ७४ औं मिनेटमा जमाल मुसिआलाले गोल गर्दै बायर्नलाई २-१ को जित दिलाए । जितसँगै बायर्न १५ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा यथावत रहेको छ । मैन्ज १५ खेलमा २१ अंकसहित आठौं स्थानमा रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu