Connect with us
Kapilvast Forest

कांग्रेस महाधिवेशनः मीन विश्वकर्माद्वारा उम्मेदवारी फिर्ता

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएो छ । उहाँले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराउनुभएको थियो । विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गर्नु भएो छ । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यमा प्रदेश २ बाट आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आज बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुनेछ ।मतदान भने भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा हुनेछ ।

मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको सङ्ख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्नेबारेमा छलफल भए पनि अन्ततः कागजको मतपत्रमा नै मतदान हुने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu