Connect with us
Kapilvast Forest

पार्टी र जनताले चाहे मेयरमा दोहोरिन सक्छु:मेयर शाक्य

२०७८, २६ मंसिर आईतवारमा प्रकाशित

 

काठमाडौं – काठमाडौं महानगरपाकलिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टी र जनताले चाहेमा मात्रै आफू फेरि महानगरपालिकाको मेयर दोहोरिने बताउनु भएको छ । आइतबार विहान महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा मेयर शाक्यलाई पत्रकारहरुले मेयरमा दोहोरिने योजनाबारे सोधेका थिए ।

जवाफमा नेकपा एमालेबाट निर्वाचित मेयर शाक्यले आफूलाई दिएको जिम्मेवारी पुरा भए नभएको मूल्यांकन पार्टी र जनताले गरिररहेको भन्दै आवश्यक ठानेर पार्टीले खटाएको ठाउँमा आफू खटिने बताउनु भयो ।

मलाई महानगरपालिकामा दिएको जिम्मेवारी उपयुक्त र राम्रो ढंगबाट सम्पादन गरेको मूल्यांकनसहित पार्टीले पठाउँदा म फेरि जनतामाझ अनुमोदनका लागि जानुपर्छ,’ उहाँले भन्नु भयो ,’ म दोहोरिन सक्नेरनसक्ने भन्ने कुुरा पाटी र जनतामा भर पर्छ ।’

उहाँले महानगरपालिकाभित्र सबै कामहरु सर्वससहतिमा भइरहेको भन्दै पार्टीले यसको राम्रो मूल्यांकन गरिरहेको विश्वास व्यक्त गर्नु भयो । चुनावी घोषणा एउटा सन्दर्भमा जारी भएको भए पनि त्योभन्दा पनि अघि बढेर कतिपय काम भएको उनको दावी छ ।

‘चुनावी घोषणापत्रअनुसार कतिपय काम भएनन् होला, तर अरु पार्टीका राम्रा चुनावी घोषणाका राम्रा पक्षलाई समेत समेटेर काम गरेकाले जनताले पनि त्यसको मूल्यांकन गरेको मेरो विश्वास छ,’ उहाँले भन्नु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu