Connect with us
Kapilvast Forest

दोस्रो चरणमा अन्तरआत्माले भोट दिनुस् : डा. शेखर कोइराला

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

 

काठमाडौं- नेपाली कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफूले दोस्रो चरणको निर्वाचन जित्ने दाबी गरेका छन्। मंगलबार बिहान चियापान कार्यक्रममा बोल्दै उनले दोस्रो चरणमा स्वास्थ प्रतिष्पर्धा गर्ने दोहोर्‍याएका छन्।

 

उनले भने, ‘दोस्रो चरणको चुनावमा हुने भएको छ । यो आन्तरिक लोकतन्त्र हो । उहाँहरु(देउबा र पौडेल) हाम्रो सम्मानित नेता हो । दोस्रो चरणमा स्वस्थ प्रतिस्पर्धा गर्छौँ ।’

कोइरालाले अन्तरआत्माको आवाजले भोट दिन अनुरोध गरेका छन्। मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न सकेनन्। कूल खसेको ४ हजार ६८१ मतमा शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए। जुन ४८.२३ प्रतिशत मत हो। कोइरालाले १७२९ मत प्राप्त गरेका छन्।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ। अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu