Connect with us
Kapilvast Forest

सभापतिमा देउवालाई सिंह-निधी र गुरूङको साथ, कोइराला एक्लै लड्ने

२०७८, २८ मंसिर मंगलवारमा प्रकाशित

काठमाडौं-कांग्रेस सभापतिको पहिलो चरणको चुनावमा तेस्रो, चौथो र पाँचौँ भएका उम्मेदवारले सभापति शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् ।सभापतिका प्रत्याशी शेखर कोइरालाबाहेकका उम्मेदवारले देउवालाई सहयोग गर्ने भएका हुन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने बताएका छन् । संस्थापन इतर समूह तितरबितर भएसँगै शेरबहादुर देउवाको दाबेदारी बलियो बनेको छ ।

पहिलो चरणको चुनावमा ८२ मत नपुग्दा  देउवाले बहुमत ल्याउनु भएको थिएन। संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेलले दोस्रो चरणको चुनावमा खुलेर नबोल्दा कोइराला अप्ठ्याराेमा पर्नु भएको छ । पौडेललाई कोइरालाको पक्षमा खुल्न उहाँ  पक्षका कार्यकर्ताले दबाब दिएका छन् ।

तर, पहिलो चरणको चुनावमा कोइरालालाई सहयोग गरेका उहाँले अहिले विवेक प्रयोग गरेर मत हाल्न आफ्ना पक्षका प्रतिनिधिलाई सुझाव दिनु भएको छ । पहिलो चरणको चुनावमा ४ हजार ६ सय ७९ मत खसेकोमा  देउवाले २ हजार २ सय ५८ मत प्राप्त गर्नुभएको थियो भने कोइरालाले १ हजार ७ सय २९ मत पाउनु भएको थियो । यस्तै, नेता प्रकाशमान सिंहले  ३७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याण गुरुङले २० मत प्राप्त गर्नु भएको थियो । अब दोस्रो चरणमा देउवा र कोइरालाकाबीच प्रतिस्पर्धा हुनेछ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu