Connect with us
Kapilvast Forest

नयाँ ढंगले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला

२०७८, २९ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापतिमा भएको हारलाई आफूले स्वाभाविक रुपमा लिएको बताउनु भयो । तर आफूहरुले लिएको विचारको जित भएको भन्दै उनले अब आफ्नो यात्रा नयाँ ढंगले शुरु गर्ने बताउनु भयो ।

कांग्रेसको १४ औं महाधिवेशनमा कोइरालाले सभापतिमा उम्मेदवारी दिनु भएको छ । पहिलो चरणको प्रतिस्पर्धामा दोस्रो स्थानमा आउनु भएको थियो । दोस्रो चरणमा शेरबहादुर देउवासँग पराजित हुनु भयो ।

 

महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन बुधबार आयोजना गरेको कार्यक्रममा कोइरालाले सभापतिमा विजयी देउवालाई बधाइ दिनुका साथै चार वर्षे कार्यकालको सफलताको कामना गर्नु भयो । पार्टीमा भागवण्डा र गुटबन्दीको राजनीति नगर्ने भन्दै उहाँले भन्नु भयो ‘जसरी साढे ५ वर्ष पार्टी बेथितीको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने हामी सशक्त रुपमा प्रस्तुत हुन्छौं ।’

निर्वाचन भएपछि हार जित स्वाभाविक भएको भन्दै उहाँले कसले के गर्‍यो रु किन गर्‍यो भन्ने कुण्ठा नभएको बताउनु भयो ।आफूहरुले लिएको राजनीतिक एजेण्डा स्थापित भएको र युवा पुस्ताका लागि अवसर खोलेको बताउनु भयो । उहाँले अघि भन्नु भयो ‘म आजैदेखि नेपाली कांग्रेसको रुपान्तरणका लागि लागिसकेको छु । निरन्तर रुपमा तपाईंहरुको घरदैलोमा पुग्नेछु । मेरो टीमका साथीहरु पनि पक्कै तपाईंहरुको घरदैलामा पुग्छौं र आगामी अधिवेशनमा सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु ।’

महाधिवेशन प्रतिनिधिहरुले आफूलाई दिएको माया, सम्मान कहिल्यै बिर्सन नसक्ने कोइरालाले बताउनु भयो । उहाँले अघि भन्नु भयो , ‘यही मायाले मेरो राजनीतिक यात्रा फेरि एक पटक नयाँ ढंगले शुरु गर्छु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu