Connect with us
Kapilvast Forest

कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणना : २ हजार ३ सय ९३ मत गन्दा शशाङ्क कोइराला अगाडि

२०७८, ४ पुष आईतवारमा प्रकाशित

काठमाडौं – नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना भइरहेको छ । हिजो गन्न बाँकी मत अघि बिहान पाैने ११ बजेदेखि गन्न सुरु गरिएको हो ।

खुला केन्द्रीय सदस्यतर्फ ९९ जना प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी ९९ मध्ये खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने छन् । गएरातिसम्ममा २ हजार ३ सय ९३ मतपत्र गणना सकिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । उहाँकाअनुसार बाँकी रहेका मत आज गणना गरेर सक्ने तयारी छ ।

अहिलेसम्मको मतगणनाअनुसार डाक्टर शशाङ्क कोइरालालाई सबैभन्दा धेरै मत प्राप्त भएको छ । अहिलेसम्म कोइरालाले १ हजार ९ सय ७१ मत पाउनु भएको छ । यस्तै, कांग्रेसको १४औँ महाधिवेशनको सबै परिणाम आउन समय लाग्ने भएको छ । यस अघि पुस ५ गते अर्थात भोलिसम्ममा आउने भनिए पनि अझै धेरै मत गन्न बाँकी रहेकाले चुनावको सबै परिणाम आउन समय लाग्ने निर्वाचन समितिले जनाएको हो । समितिकाअनुसार आउँदो बुधवारसम्ममा गणना सक्ने गरी तयारी भएको छ ।

गएको २४ गतेदेखि २७ गतेसम्म कांग्रेसको चाैधाैँ महाधिवेशन काठमाण्डौमा भएको थियो । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि गएको सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu