Connect with us
Kapilvast Forest

जो चोर उसैको ठूलो स्वर’ एमालेको संसद अवरोध सर्वोच्चको फैसला विपरीत : अध्यक्ष नेपाल

२०७८, ४ पुष आईतवारमा प्रकाशित

  काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) ले सर्वोच्च अदालतको फैसला विपरीत संसद अवरुद्ध पारिरहेको बताउनु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत एमालेले त्यतिबेला एमालेमा आफूहरुलाई कारबाही गरेको र त्यसले मान्यता नपाएपछि संसद अवरुद्ध पारिरहेको आरोप लगाउनु भयो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेको समेत बताउनु भयो ।उहाँले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गर्नु भयो । एमालेले त्यतिबेला आफूहरुलाई गरेको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन भएकाले त्यस विषयमा संसदमा छलफल गर्न नपाइने पनि अध्यक्ष नेपालले बताउनु भयो ।

‘अदालतमा विचाराधीन मुद्धाहरुमाथि बहस गर्न पाइँदैन । छलफल गर्न पाइँदैन संसदमा । ती विषय संसदमा ल्याउन पाइदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ । त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu