Connect with us
Kapilvast Forest

आज एमाले अध्यक्ष ओली कपिलवस्तु आउँदैं

२०७८, ६ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु -पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार कपिलवस्तुमा आउनु हुने भएको छ । जिल्लाको निर्वाचन क्षेत्र ३ बहादुरगंजमा ओली आउने कार्यक्रमको लागी सम्पूर्ण तयारी पुरा भईसकेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

एमाले कपिलवस्तुले आयोजना गरेको जिल्लास्तरीय जनसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज कपिलवस्तु आउनुहने भएको छ । एमालेका अध्यक्ष केपि शर्मा ओलीले कपिलवस्तुवाट आगामी निर्वाचन सम्वन्धि औपचारीक अभियान थाल्नु हुने भएको छ ।

अध्यक्ष ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल पनि कपिलवस्तु आउने कार्यक्रम तय भएको नेकपा एमाले कपिलवस्तुले जानकारी दिएको छ । ओलीले सम्बोधन गर्ने उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि कपिलवस्तुका लोकप्रिय नेता मंगल प्रसाद गुप्तासहित ५ हजार बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने तयारी रहेको पार्टीका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले दाबी गर्नुभएको छ ।

कार्यक्रममा पार्टीका करिब २५ जना केन्द्रिय सहभागिता रहने अध्यक्ष पोख्रेलले बताउनुभयो । कार्यक्रममा करिब २५ हजार बढीको सहभागिता रहने एमाले कपिलवस्तुले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu