Connect with us
Kapilvast Forest

महाराजगंज: नि:शुल्क आँखा शिबिरमा ३ सय १३ जनाले चेकजाँच गराए

२०७८, ७ पुष बुधबारमा प्रकाशित

बृजेश यादव-कपिलवस्तु- कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको छ ।

महाराजगन्ज नगरपालिकाको वडा नं १ महाराजगंजमा संचालित फलहारी बाबा बहुमुखी क्याम्पसमा शिबिर संचालन गरिएको छ । आज संचालित पहिलो दिनको शिविरमा महिला १सय ५० र पुरुष १६३ गरि ३ सय १३ जनाले आँखा चेकजाँच गराएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।शिविरमा ९२ जनाको मोतिया बिन्दुको अपरेसन गर्नुपर्ने बिरामी छनोट भएको नगर प्रमुख कलामले बताउनु भयो । मोतिया बिन्दुको अप्रेशन गर्नुपर्ने ब्यक्तिहरुको भोली बिहान ८ बजे देखी अप्रेशन गरिने र अप्रेशन गरिने बिरामीहरुलाई कालो चस्मा  समेत बितरण गरि मात्रै घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।

नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क आँखा शिविर सन्चालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । महाराजगंजमा संचालित शिबिरमा छिमेकी नगरपालिकाहरुको नगरवासीहरुले समेत सेवा लिएको र २०७८ पौष ०७ गते देखी संचालन भएको शिबिर २०७८ पौष ९ सम्म संचालन हुने नगर प्रमुख अब्दुल कलामले  बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu